security board of nepal
काठमाण्डौ । धितोपत्र बोर्डले निश्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्टारको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता गर्ने कार्य स्थगन गरेको छ ।
बोर्डले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
‘विद्यमान बजारको अवस्था तथा आकार, मर्चेन्ट बैंकरहरु खास गरी निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, व्यवसायको क्षेत्र तथा यसमा रहेको उच्च प्रतिस्पर्धा समेतलाई दृष्टिगत गर्दा हाललाई थप निष्काशन तथा विक्री प्रबन्धक र सेयर रजिष्ट्रार आवश्यकता नरहेको, तर अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवाको आवश्यकता अझै रहेको सन्र्दभमा हाल बोर्डको प्रक्रियामा प्रवेश गरिसकेका आवेदनहरुलाई कानुनी प्रक्रिया अनुसार कार्य अगाडि बढाई निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता गर्र्नेेे कार्य विस्तृत रुपमा अध्ययन गरी अर्को व्यवस्था नभएसम्मका लागि आवेदन दर्ता कार्य स्थगन गर्ने बोर्डले निर्णय गरेको छ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बोर्डका अनुसार धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर) नियमावली, २०६४ लागू भएपछि हाल २५ मर्चेन्ट बैंकरले व्यवसाय गर्ने अनुमतिपत्र पाएका छन् ।
अनुमति पाएकामध्ये ६ वटाले निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाहको अनुमति पाएका छन् । यस्तै, १० वटाले संस्थागत परामर्श सेवा बाहेकका ४ वटा व्यवसाय गर्ने अनुमति पाएका छन् । निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति र सेयर रजिष्ट्रेशनको व्यवसाय मात्र गर्ने अनुमति एउटाले पाएको छ भने सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्थाको संख्या एउटा छ । लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्थाको संख्या ७ वटा रहेको छ ।
त्यस्तै सात कम्पनीहरु अनुमतिपत्र प्राप्तिका लागि बोर्डको प्रक्रियामा रहेका बताइएको छ । जसमध्ये सम्पूर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्न ५, संस्थागत परामर्श सेवाबाहेक ४ वटा मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्न १ तथा लगानी व्यवस्थापन व्यवसाय मात्र गर्न १ कम्पनीले प्रस्ताव गरेका छन् ।
बोर्डले मर्चेन्ट बैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पूँजी बजार र अर्थतन्त्रको अवस्थाको आयतन हेरी सोही आधारमा २०७४ सालमा नियमावलीमा संशोधन गरी मर्चेन्ट बैंकरको चुक्तापूँजीमा चार गुणा सम्म वृद्धि तथा कार्य क्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवा समेत प्रदान गर्न सक्ने व्यवस्था समेत गरेको थियो ।
हाल बोर्डबाट अनुमतिपत्र प्राप्त गरी कार्यरत तथा निवेदन प्रक्रियामा रहेका निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या प्रतिस्पर्धात्मक रुपमा व्यवसाय संचालनका लागि पर्याप्त रहेको तथा बजारको अवस्था र आवश्यकता भन्दा निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या बढी हँुदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने अवस्था समेत देखिएको बोर्डको निश्कर्ष छ । यसका अलवा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागू भए पश्चात लाईन लाग्ने स्थिति नरहेको तथा आवेदन प्रशोधन कार्य अत्यन्त सहज हुन गई निष्काशन तथा विक्री प्रवन्धकको भूमिका न्यूनिकरण भएको एवं डिम्याट सेयरको मात्र कारोवार हुने व्यवस्थावाट सेयर रजिष्ट्रारको कार्य समेत केही कम हुन गएको बोर्डको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago