Nepse
काण्ठमाडौ । गत साता बजारमा लगातार दुई दिन सेयर मूल्य १० प्रतिशतको हाराहारी बढेर पोजेटिभ सर्किट लागेको मल्टिपर्पस फिनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सोमबार एकाएक भारी गिरावट आएको छ। झन्डै १० प्रतिशतले सेयरमूल्यमा गिरावट आएपछि सोमबार मल्टिपर्पसको सेयमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कम्पनीले जारी गर्न लागेको ८६५ प्रतिशतको हकप्रदका कारण कम्पनीको दोश्रो बजार मूल्यमा बुधबार र बिहीबार उछाल आएको थियो । कम्पनीको सेयरमूल्यमा सोमबार झन्डै १० प्रतिशत गिरावट आएपछि नेगेटिभ सर्किट लागेको हो ।
कम्पनीको सेयर आइतबार २ सय ३४ रुपैयाँ प्रतिकित्ता अन्तिम मूल्य रहेकोमा सोमबार झन्डै १० प्रतिशतले घटेर २ सय ७ रुपैयाँमा झरेको छ । कम्पनीको बिक्री चाप बढे पनि खरिद गर्ने भने एकजना पनि छैनन् ।
यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा बिक्रीतर्फ मल्टिपर्पसको ३ हजार २८४ कित्ता सेयर रहेको छ भने खरिदतर्फ कुनै आदेश पोष्ट भएको छैन ।
यसले कम्पनीको सेयर बिक्री चाहने लगानीकर्ताको चाप बढेको देखाउँछ भने खरिद गर्ने चाहने लगानीकर्ता नभएको प्रस्ट पार्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19