काठमाण्डौ । मल्टिपर्पस फिनान्स कम्पनी लिमीटेड (वित्तीय संस्था) ले आज सोमबारदेखि १:८.६५ (८६५ प्रतिशत) को अनुपातमा हकप्रद सेयर निस्कासन गरेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर निस्कासन गरेको हो । हकप्रद सेयर खरीदका लागि योग्य सेयरधनीले साउन २६ गतेसम्म आवेदन दिनुपर्नेछ। 

यो कम्पनीले असार ११ गतेदेखि हकप्रद प्रयोजनका लागि बुक क्लोज गरेको थियो । यसको अर्थ कम्पनीबाट निश्कासन हुन लागेको हकप्रद सुरक्षित गर्न चाहनेले असार १० गतेसम्म यो कम्पनीको सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ । 

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ। 

मल्टिपर्पस फिनान्सको हिजो आइतबार दोश्रो बजारको अन्तिम बिक्री मूल्य रु. १३० रहेको छ ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयरको बिक्रीपछि चुक्तापुँजी बढेर ४० करोडको उचाईमा पुग्नेछ । 

यसको अर्थ कम्पनीले पूँजी वृद्धिको उद्देश्यले हकप्रदको निकै ठूलो भारि आफ्ना सेयरधनीलाई बोकाउन लागेको हो ।