काठमाण्डौ । पछिल्लो समय सूचिकृत कम्पनीहरुले चरम लापरबाही गर्न थालेका छन् । खासगरी लाभांश सम्बन्धी निर्णय तथा बुक क्लोज सम्बन्धी निर्णय समयमै नेप्सेमा पठाउने विषयमा उनीहरुको लापरबाही बढ्दै गएको देखिएको हो ।
सूचिकृत कम्पनीहरुले टेर्न छाडेपछि र हदैसम्म लापरबाही तथा खेलाची गर्न थालेपछि नेपाल स्टक एक्सचेञ्ज लिमीटेडको सूचिकरण शाखाले समेत सक्रियता बढाई त्यस्ता कम्पनीहरुलाई विगतमा भन्दा केही कडा कारबाही गर्ने तदारुकता देखाउन थालेको छ ।
साधारणसभा प्रयोजनका लागि बुक क्लोज सम्बन्धी जानकारी दिने सम्बन्धमा गम्भीर त्रुटि गरेपछि सप्तरीको राजविराजको मल्टीपर्पस फाइनान्स कम्पनी लिमीटेड कारबाहीमा परेको छ ।
यो कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तोक्ने विषयमा चरम लापरबाही गरेपछि नेप्सेले कम्पनीको सूचिकरण नै स्थगन गरेको छ भने ३ दिने स्पष्टीकरण समेत सोधेको छ ।
यो कम्पनीको भदौ २९ गते बसेको संचालक समितिको ३४८ औं बैठकले २० औं र २१ औं वार्षिक साधारणसभा असोज ४ गते गर्ने निर्णय गरेको थियो । सोही बैठकले साधारणसभाको प्रयोजनका लागि भदौ ३० गतेदेखि असोज ४ गतेसम्म बुक क्लोजको निर्णय गरेको थियो।
तर, धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम २२(१) तथा धितोपत्र सूचिकरण सम्बन्धी सम्झौताको शर्त १० बमोजिम धितोपत्र दाखिला खारेज बन्द(बुक क्लोज) हुने सम्बन्धी सूचना त्यस्तो दाखिला खारेज हुनुभन्दा कम्तीमा ७(सात) अगाडि नेप्सेमा सूचिकृत संस्थाले पेश गर्नुपर्नेछ भनिएको छ । यो व्यवस्थाको धज्जी उडाउँदै मल्टिपर्पसले १ दिन अगाडि निर्णय गरेर जानकारी दिएपछि नेप्सेले कम्पनीमाथि स्पष्टीकरण सोध्दै अर्को निर्णय नभएसम्मका लागि कम्पनीको सूचिकरण नै स्थगन गरिएको प्रष्ट्याएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19