 
                     
                                
                             
                                    काठमाण्डौ । मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर आज (असोज २९ गते)बाट बिक्रीमा राखिएको छ।
कम्पनीले अवितरित कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता रहेका छन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएकोे छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र आउँदो कात्तिक १३ गतेसम्म पेस गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19