काठमाण्डौ । आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने भएको छ ।
काठमाडौँको विज्ञापन कर हालसम्म महानगरपालिकाले उठाउँदै आएकामा आगामी साउन १ गतेदेखि निजी क्षेत्रलाई दिन लागिएको महानगरका राजस्व महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए।
जनशक्ति अभावका कारण विज्ञापन कर सङ्कलन गर्न निजी क्षेत्रलाई दिन लागिएको उनको भनाइ छ । महानगरपालिकाले विज्ञापन कर चार करोड १८ लाख रुपैयाँ न्यूनतम तोके पनि निजी क्षेत्रले आठ करोड ६७ लाख रुपैयाँसम्म दिने भएका छन् । कामनपालाई तीन क्षेत्र बनाएर कर असुली गर्न लागेकाले सबैभन्दा बढी तिर्ने तीनवटा कम्पनीलाई ठेक्कामा दिने तयारी महानगरले गरेको छ।
ठेक्कामा लिने कम्पनीले महानगरभित्र सबै स्थानको कर सङ्कलन गर्ने छन् । आगामी आवमा आठ करोड ६७ लाख रुपैयाँ वार्षिक रुपमा महानगरपालिकालाई उपलब्ध गराउने छ । आगामी आवमा ठेक्कासहित अनुमानित नौ करोड ३५ लाख रुपैयाँ विज्ञापन कर सङ्कलन हुने महानगरले अनुमान गरे पनि चालु आवको वैशाखसम्म छ करोड ५५ लाख रुपैयाँ विज्ञापन कर असुली गरिसकेको छ ।
काफ्लेका अनुसार सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालनमा रहेका स्थानमा महानगरपालिका आफैले कर उठाउने छ । बसपार्क, सोलार प्यानल, आकासे पुललगायत स्थानको विज्ञापन कर भने कामपाले नै उठाउने छ । पछिल्लो समय कामनपाले विज्ञापन कर सङ्कलनमा उल्लेख्य मात्रामा सुधार ल्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago