– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लामो समय बढेको बजारमा यो साता करेक्सन भयो। अघिल्लो साताको अन्तिम कारोबारमा नै बजारमा करेक्सन अएको थियो।
बजार जानकारहरु बजारमा करेक्सन आउनुलाई स्वाभाविक र आवश्यक पनि ठान्दछन्। किनकि बजार सधैँ बढ्दा जोखमको मात्रा पनि बढेको हुन्छ। बजार जति तलमाथि गर्दै अगाडि बढ्छ, त्यति नै मजबुत पनि हुने हुनाले यो करेक्सनलाई बजार अझै थप मजबुत भएर अगाडि बढेको मान्नेहरुको जमात पनि बजारमा धेरै छ।
हाल बैंकहरुको आधार दर घटेको र रेमिट्यान्स पनि बढेकोले सेयर बजारमा अहिले नै ठूलो करेक्सनको सम्भावना देखिँदैन।
यो साता सेयर बजारमा ३ दिनमात्रै कारोबार भयो। यस साता कुल ४१ अर्ब कारोबार भयो भने लगभग ८७ अंकले बजार नकारात्मक भएको छ।
आज हामीले विकास बैंक समूहमध्ये एउटा बैंक महालक्ष्मी विकास बैंकलाई प्राविधिक तथा आधारभूत रुपमा हेर्ने कोसिस गरेका छौँ।
आधारभूत पक्ष
महालक्ष्मी विकास बैंक नेपालका विकास बैंकहरुमध्ये एउटा हो। गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ अर्ब ३४ करोड रुपैयाँ चुक्तापुँजी रहेको यो बैंकको हालको प्रतिसेयर आम्दानी २१.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.७५ रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ तथा रिटेन अर्निङमा ५६ करोड ७६ लाख रुपैयाँभन्दा बढी रहेको छ। खराब कर्जा ३.३२ प्रतिशत रहेको छ। बैंकको ५ वर्षको औसत लाभांश १२ प्रतिशत रहेको छ।
देशभर बैंकका १०३ भन्दा बढी शाखा छन्। बैंकले चौथो त्रैमाससम्म ३८ अर्ब रुपैयाँबराबर निक्षेप संकलन गरेर ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको आधार दर ७.२८ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।
यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ।
यो बैंकले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ ४ चलेको देखिन्छ। जसका कारण सेयरमूल्यमा करेक्सन आएको देखिन्छ। जसलाई फिवोनासीमा जोडेर हेर्दा २.६१ प्रतिशतको वृद्धिमा सेयरभाउ ७५० रुपैयाँभन्दा माथि पुगेको देखिन्छ भने वेभ ४ बन्दा सामान्य करेक्सनमा ६७५ रुपैयाँसम्म झर्न सक्ने देखिन्छ। त्यसपछि माइनर डिग्रीकै वेभ ५ तथा फिवोनासीको ३.६१ प्रतिशतको वृद्धि भएर यो बैंकको सेयरभाउ लगभग ९०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो बैंकको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा ६७५ रुपैयाँमा, ०.३८ प्रतिशतको टेवा ६२० रुपैयाँमा, ०.५ प्रतिशतको टेवा ६७५ रुपैयाँ तथा ०.६१ प्रतिशतको टेवा ५२५ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।
एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनले बैंकको अवस्था बुलिस नै रहेको र हालसम्म बियरिस क्रसओभर बनाएको अवस्था छैन। तर हिस्टोग्राम सकारात्मक नै छन् र छोटा–छोटा हुँदै गएकोले भविष्यमा बियरिस क्रसओभरको सम्भावना पनि उत्तिकै रहेको छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो बैंकको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई ब्रेकआउट गरेको छ। बोलिंगर ब्यान्ड उच्च उत्तारचढाव भएको देखिन्छ। मूल्यरेखा मध्य रेखाभन्दा माथि नै रहेकोले यो बैंक बुलिस ट्रेन्डमै रहेको बुझ्न सकिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई न्युट्रल जोन नजिक ४८ रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु ४२.०७ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्च विन्दु ७६.५९ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : ६९०
घटेमा सर्पोट
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19