काठमाण्डौ । महालक्ष्मी विकास बैंकले यही चैत २९ गतेबाट १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।
बैंकले ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८५’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ दरका कुल १० लाख इकाइ बिक्री गरिनेछ।
कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ बिक्री तबरबाट र बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।
यो ऋणपत्रमा सर्वसाधारणले २५ इकाइदेखि ४ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। व्यक्तिगत तबरबाट भने न्यूनतम २५ इकाइ खरिद अवेदन दिन सक्नेछन् भने अधिकतममा कुनै हद लाग्ने छैन।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख ४ गते र ढिलोमा वैशाख १३ गते बैंकिङ समयपछि हुनेछ।
महालक्ष्मी विकास बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago