काठमाण्डौ । महालक्ष्मी विकास बैंकको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज वैशाख ४ गते अन्तिम दिन रहेको छ। 

बैंकले चैत २९ गतेबाट ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ। 

बैंकले १ हजार रुपैयाँ दरका कुल १० लाख इकाइ ऋणपत्र बिक्री गरेको छ। कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ बिक्री तबरबाट र बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ। 

यो ऋणपत्रमा सर्वसाधारणले २५ इकाइदेखि ४ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। व्यक्तिगत तबरबाट भने न्यूनतम २५ इकाइ खरिद अवेदन दिन सक्नेछन् भने अधिकतममा कुनै हद लाग्ने छैन। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

महालक्ष्मी विकास बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।