काठमाण्डौ । महालक्ष्मी विकास बैंकका शाखा कार्यालयहरुले विद्यालय, सामाजिक संस्था र धार्मिक संघसंस्थालाई सहयोग गरेका छन् । 

बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सहयोगका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।  

बैंकको न्यूरोड शाखाले न्यूरोडमा रहेको हिमालय माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर प्रदान गरेको छ ।

न्यूरोड शाखा प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका हुन् । 

त्यस्तै बैंकको गोगंबु शाखाले काठमाण्डौ महानगरपालिका–२६ मा अवस्थित पवित्रनगर समाजलाई सार्वजनिक निर्माणाधिन पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्री खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

गोगंबु शाखाकी प्रमुख अमिता बगालेले ३० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकि हुन् । 

बैकको बसुन्धरा शाखाले टोखा नगरपालिका–०४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर हस्तान्तरण गरेको छ । बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले सो सहयोग हस्तान्तरण गरेका हुन् ।