काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बिर्तामोड शाखाले स्थानीय महेन्द्र रत्न माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि रु. २ लाख ७५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौंमा शनिबार सम्पन्न एक कार्यक्रमबीच बंैकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीलगायत बैंक तथा रोटरी क्लबका अन्य पदाधिकारीको उपस्थिति थियो ।
रोटरी क्लब अफ बिर्तामोडले अन्य स्थानीय स्रोतबाट रकम संकलन गरी निर्माणकार्य सम्पन्न गर्नेछ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बैंकले प्रतिबद्घता जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago