काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा ललितपुरको झम्सीखेलस्थित शाखा कार्यालयको आइतबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दीप प्रज्वलनका साथ गरे। कार्यक्रमको सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए भने विशेष अतिथिका रुपमा एसएसपी टेकप्रसाद राई थिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुख, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए। उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारी गराउनुका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago