काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले अछामको वैद्यनाथ वेद विद्याश्रमलाई रु १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशदज्ञान भएका जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित विद्याश्रमलाई आर्थिक सहयोग प्रदान गरेको हो । काठमाण्डौको दरबारमार्गस्थित बैैंकको केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न एक कार्यक्रमबीच बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
बैंकले विद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि खाना, बास, कपडालगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकले आगामी दिनमा पनि सामाजिक उत्तर दायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19