 
                     
                                
                             
                                    काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विद्यालयहरुलाई शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभूत विद्यालयमा र चितवनको इच्छाकामना गाउँपालिका वडा न.७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुका लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश. रु. १ लाख ५० हजार र रु. १ लाख ६५ हजार गरी जम्मा रु. ३ लाख १५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्। गत असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमबीच शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई रु. १ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए।
यसैगरी गत असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमबीच शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. १ लाख ६५ हजार रकमको चेक हस्तान्तरण गरे। दुवै कार्यक्रममा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति थियो।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०२ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19