 
                     
                                
                             
                                    काठमाण्डौ । महालक्ष्मी विकास बैंकको पोखरास्थित न्यूरोड शाखाले विश्व महामारी कोरोनाभाइरसका कारण जीविकोपार्जनमा समस्या भएका ५० घरपरिवारलाई राहात प्याकेज वितरण गर्न ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लक डाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको समयमा बैंकको न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा न. ९ सँग समन्वय गरी आर्थिक स्तर न्यून भएका ५० घरपरिवारहरुका लागि राहातप्याकेज वितरण गर्नका लागि ५० हजार आर्थिक सहयोग प्रदान गरेको हो। शाखा प्रबन्धक गणेश आचार्यले वडाध्यक्ष रामराज लामिछानेलाई ५० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका छन्।
बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा ती परिवारहरुको जीवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19