काठमाण्डौ । नेपाल उद्योग वािणज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । आज परिसंघको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासंघका पदाधिकारीहरुलाई परिसंघका पदाधिकारीहरुले बधाई तथा शुभकामना प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले महासंघको नयाँ नेतृत्वलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका दुई सशक्त संस्थाहरु बीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पार्दै नयाँ कार्यसमितिसँग महासंघसँगको सहकार्यलाई थप सुदृढ र मज्बुत बनाउन आजको आवश्यकता रहेको बताए ।
अध्यक्ष मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या तथा समग्र आर्थिक नीतिहरुमा देखिने अस्पष्टता हटाउन हाम्रा प्रयासहरुलाई एकताबद्ध रुपमा संयोजन गर्न सकियो भने निजी क्षेत्रको विकास तथा दिगो औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने उल्लेख गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै निजी क्षेत्रका समस्याहरु उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्याहरु फरक पर्ने भएकोले निजी क्षेत्रले मध्यमार्गी बाटो अपनाई एकताबद्ध भई उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको बताए । विगतमा पनि परिसंघसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै निजी क्षेत्रको सामूहिक भिजन आजको आवश्यकता रहेको र त्यसलाई मूर्तरुप प्रदान गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नु पर्ने जिकिरसमेत गरे ।
आर्थिक पुनर्उत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा परिसंघ र महासंघ मिलेर काम गर्ने बताउनु भयो । निजी क्षेत्रका संस्थाहरु प्रतिस्पर्धीभन्दा साझेदारको रुपमा भएकाले निजी क्षेत्रबाटै समृद्धि सम्भव छ भन्ने महशुस गराउन सहकार्यलाई थप विस्तार र सुदृढ गर्दै जाने बताए ।
कार्यक्रममा परिसंघ र महासंघका पदाधिकारीहरुले उच्च आर्थिक वृद्धि, रोजगारी विस्तार, निर्यात बढाउने तथा व्यापार घाटा कम गर्ने लगायत निजी क्षेत्रको विकास तथा सम्मान बढाउने एजेण्डामा आपसी सहकार्यले परिणाम दिन सक्ने भएकाले त्यसतर्फ सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा परिसंघको तर्फबाट परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल सहित उपाध्यक्षहरु सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र विरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी हुनु भएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19