काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा तीनजना आकांक्षीहरु रहेका छन्। ढकाल आगामि साधारणसभाबाट स्वतः अध्यक्ष बन्दै छन्।
बुधबार काठमाण्डौको लाजिम्पाटस्थित होटेलले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षी उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन्। ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो। त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने गरेको छु’, उनले भने, ‘यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन्। यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ। यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो।’
ढकालले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने बताए। ‘हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ। हाम्रो महत्व बढ्छ। हाम्रा माग सम्बोधन गराउन सकिन्छ’, उनले भने, ‘अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन।’
‘निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी विभाजन नहौऔँ। एकता र सहकार्यबाट समाधान खोजौँ’, ढकालले भने, ‘मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनैजना आकांक्षीहरुलाई मिलाउन सकिन्छ भनिरहेको छु। यसमा तपाइँहरुकोसाथ र सहयोग अपेक्षा गरेको छु।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19