काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले प्रतिकित्ता १०० दरका ४ लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ । 

यो लघुवित्तको मुख्य कार्यालय काभ्रेमा रहेको छ भने काठमाण्डौ उपत्यकाभित्र १० र बाहिरका विभिन्न जिल्लामा १० गरी २० शाखा कार्यालय रहेका छन् । 
यो लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त हो ।