काठमाण्डौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदनको ओइरो लागेको छ।
सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार आइतबार साँझ ५ बजेसम्म ९ लाख १२ हजार ४१५ आवेदकले १ करोड ४० लाख ५१ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन्। यस हिसाबले यो आईपीओमा मागभन्दा १ करोड ३६ लाख ७६ हजार ३५० कित्ता बढी सेयरका लागि आवेदन परेको छ।
महिला लघुवित्तले गत माघ ३० बाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा यही फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago