काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अचाक्ली आवेदन परेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार सोमबार अपराह्न ४ः३० बजेसम्म १२ लाख १ हजार ८९० आवेदकले १ करोड ८५ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएका छन्।
महिला लघुवित्तले गत माघ ३० बाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आजसम्मको तथ्यांक हेर्दा महिला लघुवित्तको आईपीओमा मागभन्दा ४९.४३ गुणा बढी आवेदन परेको छ।
यो आईपीओमा भोलि मंगलबारसम्म आवेदन दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago