काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा परेको आवेदनले हालसम्मकै सर्वाधिक रेकर्ड कायम गरेको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आईपीओ भर्ने आज अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १५ लाख ७७ हजार ३१६ आवेदकले २ करोड ४६ लाख १२ हजार १३८ कित्ताका लागि आवेदन दिएका छन्। यसअघि नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को आईपीओमा १५ लाख ५० हजार आवेदन परेको थियो ।

महिला लघुवित्तले गत माघ ३० बाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणका लागि छुट्याइएको थियो।