काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र भोलि मंगलबारदेखि कारोबारमा आउने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार महिला लघुवित्तको धितोपत्र सूचीकरण आज सोमबार दिउँसो ३ बजेका लागि तय गरिएको छ। आज धितोपत्र सूचीकरण भएपछि भोलि मंगलबारबाट यो लघुवित्तको सेयर कारोबारमा आउने भएको हो।
नेप्सेले महिला लघुवित्तलाई एमएलबीएसएल कारोबार संकेत प्रदान गरेको छ। त्यस्तै पहिलो कारोबार लागि नेप्सेले यो लघुवित्तलाई ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ। भोलि स्पेसल प्रि–सेसन (बिहान १०ः३० बजेदेखि १०ः४५) मा नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएमा महिला लघुवित्तको सेयर किनबेच नियमित समयमा खुल्नेछ।
महिला लघुवित्तले गत माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago