काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको १३ हजार बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। 

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसअनुसार ४ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १३ हजार ७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। 

हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। 

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थालाई सेयर बिक्री खुला गरिने पनि संस्थाले जनाएको छ।