काठमाण्डौ । केही दिनअघिको बढाइको रफ्तारले निरन्तरता नपाए पनि लगानीकर्ताहरुले सेटलमेन्ट गर्नुपर्ने कारण बजार कारोबारको चौथो दिन बुधबार थोरै अंकले बढेर दुई वर्षयताकै उच्च विन्दुमा पुगी बन्द भएको छ।
पुँजीबजारप्रति नकारात्मक छवि बनाएका अर्थमन्त्री युवराज खतिवडाको मनोवैज्ञानिक त्रासलाई दोस्रो बजारमा लगानी गर्दै आएका सेयर कारोबारीले पचाउँदा नेप्से इन्डेक्स बढ्नलाई टेवा पुगेको देखिन्छ। यो दिन नेप्से इन्डेक्स ५.२४ अंकले बढ्दै १४०५.२५ को विन्दुमा उक्लेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९९ अंकले बढेर २९५.९४ को विन्दुमा पुगेको छ।
यो दिन बैंकिङ समूहअन्तर्गत कम्पनीहरुमा तीव्र उतारचढाव देखियो। एउटा समूह बढाउन र अर्को समूह घटाउन उद्धत्त रहँदा बढ्ने अपेक्षा गरिएको बैंकिङ समूहमा झिनो गिरावट देखियो।
बैंकिङ समूह चल्न खोज्दाखोज्दै पनि अधिक आपूर्ति भएकाले लगानीकर्ता कम आपूर्ति भएका लघुवित्तमै पुनः फर्किन थालेको देखिन्छ। इन्स्योरेन्स सेक्टरमा पनि यो नियम लागू भइरहेको छ।
बजारमा अधिक आकर्षण मानिएका केही कम्पनीहरुमा लगानीकर्ताहरुको ध्यान खिचिँदा सेयरधनीहरु मालामाल भएका छन्।
आजको दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ६ वटामा रातो पोतियो।
यो दिन लघुवित्त र उत्पादन तथा प्रशोधन समूह चम्किए। लघुवित्तमा १०४.३९ अंक र उत्पादन तथा प्रशोधन समूहमा ९४.७१ अंकको बढोत्तरी देखियो। त्यस्तै व्यापार समूहमा ८.२९ अंक, विकास बैंक समूहमा ५.५२ अंक, जलविद्युत् समूहमा ४.८१ अंक र अन्य समूहमा ४.५६ अंकले वृद्धि भयो।
यो दिन निर्जीवन र जीवन बिमा समूहमा बढी गिरावट देखियो। निर्जीवन बिमा समूहमा ५२.७८ अंक र जीवन बिमा समूहमा १९.४२ अंकले घट्यो। यस्तै बैंकिङ समूहमा ३.७५ अंक, होटेल्स् समूहमा ०.२७ अंक र वित्त समूहमा ३.२७ अंकको गिरावट देखियो। म्युचुअल फन्ड समूहमा ० अंकको स्थिरता देखियो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आजको दिन नेप्सेमा सूचीकृत १७७ कम्पनीका ३४ लाख ५५ हजार ६८२ कित्ता सेयर १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ रुपैयाँमा कारोबार भयो।
यो दिन शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीले उच्च कारोबार गर्न सफल भए। शिवम् सिमेन्टले १४ करोड ७१ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीले १२ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार गरे।
यसैगरी ग्रामीण विकास लघुवित्तले ६ करोड ६१ लाख रुपैयाँ, एनआईसी एसिया बैंक र साना किसान लघुवित्तले ५ करोड ९९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ५ करोड २ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तले ३ करोड ७९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ७० लाख रुपैयाँ, नागरिक लगानी कोषले ३ करोड ३२ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार गरे।
धेरै कमाउने र गुमाउनेहरु
आजको दिन पाँच कम्पनीका सेयरधनीहरु मालामाल भए। यो दिन आशा लघुवित्त र सामुदायिक लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत, बोटलर्स नेपालको ९.९९, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत र सिभिल लघुवित्तको ९.६४ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो। त्यस्तै हिमालयन डिस्टिलरीको सेयरमूल्यमा पनि ८ प्रतिशतभन्दा बढीले वृद्धि भएर सेयरधनीहरु मालमाल भए।
यो दिन मल्टीपर्पस फिनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा गिरावट आयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago