काठमाण्डौ । तिलक कोइरालासहित ५ जनालाई प्रहरीले पक्राउ गरेपछि सेयर लगानीकर्ताहरुले अहिले माइतीघरमा पुगेर प्रदर्शन थालेका छन् ।
कालो ब्यानरसहित त्यहाँ पुगेका लगानीकर्ताहरुले चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेका हुन् ।
उनीहरुले तिलक कोइराला लगायतका लगानीकर्ताहरुलाई तत्काल रिहा गर्नुपर्ने, सेयर धितो कर्जामा लागेको ४ र १२ करोडको क्याप तत्काल हट्नूपर्ने र सेयर धितोकर्जामा तोकिएको जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने माग उठाइरहेका छन् ।
राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमालाई एउटा बैंक वा वित्तीय संस्थाको हकमा ४ करोड र समग्र प्रणालीबाट १२ करोडभन्दा बढी लिन नपाइने गरी क्याप लगाइदिएको थियो ।
यस्तै, रियल इस्टेट र मार्जिन प्रकृतिको (सेयर धितो) कर्जामा जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो । बढ्नुभन्दा अगाडि यस्तो कर्जाको जोखिमभार १०० प्रतिशत नै थियो । लगानीकर्ताले जोखिमभार सम्बन्धी पुरानै व्यवस्था लागू हुनुपर्ने माग गरिरहेका हुन् ।
लगानीकर्ताहरुले अर्थमन्त्री र गभर्नर नै अयोग्य भएका भन्दै राजीनामा गर्न नाराबाजी समेत गरिरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago