काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमीटेडले सत्प्रतिशत हकप्रद निश्कासनको अजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले आगामी असोज ९ गते काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा आफ्नो साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद सेयर निश्कासन लगायतका अजेण्डाहरु प्रस्तुत हुनेछन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ३१ करोड २१ लाख रुपैयाँ रहेको छ । हकप्रदको अजेण्डा पारित भए कम्पनीलाई चुक्तापूँजी ६२ करोड ४२ लाख पुर्याउने बाटो खुल्नेछ । 

साधारणसभामा हकप्रदबाहेक आर्थिक वर्ष २०७९-८० को वासलातमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पास गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने लगायतका अजेण्डाहरु पेश हुने जनाइएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज १ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ भदौ मसान्तसम्म कायम सेयरधनी सो साधारणसभामा सहभागी हुन पाउनेछन् ।