काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।
आज स्पेसल प्रि–ओपनिङ सेसनमा माई खोला हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।
नेप्सेले पहिलो कारोबारका लागि भने यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसन यो कम्पनीको सेयर प्रतिकित्ता ३३५ रुपैयाँमा किनबेच भएको छ।
नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ।
माई खोला हाइड्रोपावरको आईपीओ हिजो सोमबार नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेमा माई खोलाको १०० अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २० लाख कित्ता, सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १५ लाख २९ हजार ४११ कित्ता र स्थानीयको ३ लाख ९२ हजार १५७ कित्ता रहेका छन्।
माई खोला हाइड्रोपावरले गत वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले गत वैशाख १९ गते बाँडफाँड गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago