काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमीटेडले आगामी बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निश्कासन गर्ने भएको हो । 

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निश्कासन गर्न लागेको हो । 

कम्पनीले निश्कासन गर्ने आइपीओमा छिटोमा बैशाख १२ गतेसम्म र सो अवधिसम्म पनि बिक्री नभए ढिलोमा बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

यो कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । 

यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । 

यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ०७५ फागुन ५ गतेदेखि २११० फागुन ४ गतेसम्म गरी कुल ३० वर्ष ६ महिना बाँकी रहेको छ । 

आयोजनाको लगानी फिर्ता हुने अवधि(सिम्पल पेब्याक पिरियड १०.०१ वर्ष तथा डिस्काउन्टेड पेब्याक पिरियड २०.७४ वर्ष रहेको छ । 
यो आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटल लिमीटेडले गर्नेछ ।