काठमाण्डौ । माउण्टेन हाइड्रोपावर कम्पनीको सेयर दोश्रो बजारमा शुक्रबार सूचिकृत भएको छ । 

यो कम्पनीको १ करोड २५ लाख कित्ता सेयर कारोबार लागि बजारमा सूचिकृत भएको हो। 

सोमबारदेखि कारोबारमा आउन लागेको यो कम्पनीको सेयरलाई नेप्सेले कारोबारका लागि सुरुवाती रेञ्ज समेत तोकिदिएको छ । 

नेप्से स्रोतका अनुसार सोमबार ‘स्पेसल प्रि ओपन सेसन’ मा कारोबार हुनेछ । सो दिन बिहान १०ः३० देखि १०ः४५ सम्म कुल १५ मिनेट मात्र स्पेशल प्रिओपन सेसनमा कारोबार हुनेछ । त्यसपछि मात्रै ११ बजेदेखिको नियमित कारोबारमा यो कम्पनीको सेयर खरीदबिक्री गर्न सकिनेछ ।

नेप्से अधिकारीहरुकाअनुसार प्रि ओपन सेसनमा पहिलो म्याचिङ हुन सकेन भने सोमबार कारोबार गर्न पाइन्न । त्यस्तो अवस्था आए मंगलबारदेखि मात्रै नियमित कारोबार सुरु हुनेछ ।