काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आइपीओ बाँडफाँड आगामी बिहीबार मात्र हुने भएको छ ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार माउन्टेन इनर्जी नेपाल लिमिटेडको हाल डाटा भेरिफाइ गर्ने काम भइरहेको छ । 

माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रिअलटमेन्ट आगामी सोमबार हुने नबिल इन्भेष्टमेन्ट बैंकिङका एक अधिकारीले जानकारी दिए । 

प्रिअलटमेन्ट सोमबार भएपछि त्यसको ३ दिनपछि बिहीबार माउन्टेन इनर्जी नेपाल लिमिटेडको आइपीओ बाँडफाँड कार्यक्रम तय भएको बताइएको हो ।