काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओ भोलि बुधबार बिहान १० बजे बाँडफाँड हुने भएको छ।
सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले भोलि बिहान १० बजे माउन्टेन इनर्जीकै काठमाण्डौ डिल्लीबजारस्थित कार्यालयमा एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिने जानकारी दिएको हो। यो बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण नबिल इन्भेस्टमेन्टको फेसबुक पेजबाट गरिने बताइएको छ।
यो कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणका लागि भने १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन खोलिएको थियो। त्यसमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता सेयर खरिदका लागि आवेदन परेको नबिल इन्भेस्टमेन्टले जनाएको छ। यो मागभन्दा साढे ७ गुणा बढी हो।
आवेदन परेको हिसाबले आईपीओ गोलाप्रथाबाट वितरण हुने निश्चित भएको छ। जसमध्ये भाग्यमानी १ लाख ८३ हजार २६.५ आवेदकले १० कित्ताका दर पाउनेछन्। बाँकी ४ लाख ९१ हजार ३८९ आवेदकको हात खालि हुने भएको छ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।
यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४ प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago