काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आज बिहीबार (असोज २९ गते) आवेदन दिने अन्तिम दिन रहेको छ।
उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासित यो आईपीओ छिटोमा असोज १४ गते र ढिलामा असोज २९ गते बैंकिङ समयपछि बन्द हुने भनिएको थियो। गत असोज १४ गतेसम्म आईपीओ बिक्री नभएका कारण समय बढाएर असोज २९ गतेसम्म पुर्याइएको हो।
कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जुन कम्पनीको जारी पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँबराबरको हुन आउँछ।
त्यसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता (जारी पुँजीको १० प्रतिशत) आईपीओ बिक्री गर्न लागिएको हो।
दोस्रो चरण सर्वसाधारणका लागि सोहीबराबर अर्थात १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।
स्थानीयका लागि खुलाइने आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावित ६० प्रतिशत छुट्टाइएको छ। दुवै वर्गका प्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने छन्।
नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्र पञ्चकन्या गापा वडा नं. ४ (साविकको थप्रेक गाविस) र तादी गापा वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा प्रभावित क्षेत्रमा तादी गापा, पञ्चकन्या गापा, लिखु गापा छन्।
त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा म्याग्दी छन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा बाढीपहिरो कारण भयावह अवस्था सिर्जना भएकोले प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिने भएकोले आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि कम्पनीले स्थगित गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago