काठमाण्डौ। माउन्टेन इनर्जी नेपाल लिमिटेडले निष्कासन गरेको दोस्रो चरणको आईपीओमा ७. गुणा बढी आवेदन परेको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार ६ लाख ७४ हजार ४१६ आवेदकले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन्।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन दिन दिएका हुन्। यो हिसाबले मागभन्दा ७.५ गुणा बढी कित्ताका लागि आवेदन परेको हो। 

आवेदन परेको हिसाबले आईपीओ गोलाप्रथाबाट वितरण हुने निश्चित भएको छ। जसमध्ये भाग्यमानी १ लाख ८३ हजार २६.५ आवेदकले १० कित्ताका दर पाउनेछन्। बाँकी ४ लाख ९१ हजार ३८९ आवेदकको हात खालि हुने भएको छ।

यो कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। 

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४ प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ।