काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आइपीओ बाँडफाँड यही साता हुने भएको छ ।

उक्त कम्पनीको सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ बाँडफाँड आजभोलि नै गर्ने तयारी भइरहेको तर सीडीएससीमा प्राविधिक समस्या भएका कारण डाटा भेरिफाइमा समस्या हुने भएकाले आइपीओ बाँडफाँडमा केही ढिलाई भएको हो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले यो साताभित्रै माउन्टेन इनर्जीको आइपीओ बाँडफाँड भइसक्ने दाबीसमेत गरेको छ ।