काठमाण्डौ। कोरोनाभाइरस विश्वका १८६ देशमा पुुगिसकेको छ। विश्वभर कोरोनाबाट ३ लाखभन्दा अधिक मानिस संक्रमित भइसकेका छन्। यसबाट मृत्युु हुुनेको संख्या पनि बढेर १४ हजार ६ सयभन्दा बढी पुुगिसकेको छ। 

नेपालमा आजमात्र फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा यो भाइरस देखा परेको छ। 

नेपाल सरकारले यो भाइरसबाट बच्न विभिन्न कदम चालेको छ। जनतालाई अतिआवश्यक कामबाहेक घरबहिर ननिस्किन निर्देशन दिइसकेको छ। अतिआवश्यक बाहेकका सरकारी कार्यालय बन्द छन्। लामो दूरीका सवारीसाधनमा प्रतिबन्ध लगाइएको छ। चीन र भारतसँगका सबै नाका बन्द गरेको छ। 

यो भाइरसबाट बच्न मुख र नाक छोप्ने गरी मास्क लगाउन र सेनिटाइजरले हात सफा गर्न भनिएको छ। तर मानिसहरु एउटा प्रश्नको भने उत्तर खाजिरहेका छन्। के मास्क लगाएर कोरोनाबाट बच्न सम्भव छ ? 

यो प्रश्नको उत्तर तपाइँ जति सजिलो सोचिरहनुु भएको छ वास्तवमा यो त्यति सजिलो छैन। 

धेरैजसो देश जस्तै बेलायत, सिंगापुुर, अमेरिकामा मानिसलाई बिरामी नभई मास्क नलगाउन सुुझाव दिइएको छ। यो सुुझाव विश्व स्वास्थ्य संगठनकले जारी गरेको निर्देशिकामा आधारित छ। जसका कारण यी देशका जनताले सडक र सार्वजनिक स्थानमा मास्क लगाएर हिँडेको कमै देखिन्छ। 

अन्य धेरैजसो देश जस्तै चीन, जापान, हङकङ, ताइवान, दक्षिण कोरियालगायतमा भने मास्क लगाएर हिँड्ने मानिसको संख्या अत्याधिक देखिन्छ। यी देशमा मास्क लगाएर हिँड्नुु सामाजिक संस्कारजस्तै भइसक्यो। 

जसले मास्क लगाउँछन् उनीहरुको तर्क कोरोनाबाट बच्न मास्क लगाउनुु एकदमै महत्वपूर्ण छ भन्ने रहेको पाइन्छ। उनीहरुका अनुुसार स्वस्थ देखिने व्यक्तिमा समेत भाइरस हुुन सक्ने भएकाले त्यस्ता व्यक्तिबाट जोगिन मास्क लगाउनुु जरुरी छ। 

अर्काथरिका अनुुसार सबैले मास्क लगाउँदा वास्तविक व्यक्तिहरुलाई मास्कको अभाव पर्न सक्छ। 

मास्क लगाउने या नलगाउने विषयमा अहिले विवादास्पद विषय बनेको छ। मास्क लगाएका मानिसमाथि हमला भएका घटना पनि सार्वजनिक भएका छन्। किनकि धेरैजसो देशमा मास्क लगाउने चलन नै छैन। 

यसैबीचमा चीन र दक्षिण कोरियामा भने मास्क नलगाउनेलाई सार्वजनिक स्थल र भवनहरुमा प्रवेश नै निषेध गरिएको छ। मास्क लगाउने र नलगाउने भन्ने विषयमा पूरै विश्व दुुई खेमामा विभाजित भइरहँदा विश्व स्वास्थ्य संगठनले मास्कसम्बन्धी जारी गरेको नियमहरु यस्ता छन्– 

  • यदि तपाइँ स्वस्थ व्यक्ति हुुनुुहुुन्छ र कुुनै कोरोना संक्रमितको हेरचाहमा लागिरहनुुभएको छ भने मात्रै तपाइँलाई मास्कको आवश्यकता पर्दछ। 
  • यदि तपाइँलाई खोकी वा रुघा लागिरहेको छ भने मास्क लगाउनुुपर्दछ। 
  • कतिपयलाई लाग्न सक्ला कि मास्क लगाएपछि आफू सुरक्षित भइयो भनेर तर वास्तवमा यस्तो हँुुदैन। मास्क लगाएको औचित्य तबमात्रै हुुन्छ जब तपाइँले नियमित रुपमा हात साबुुनपानी वा सेनिटाइजरले सफा गर्नुुहुुन्छ। 
  • यदि तपाइँ मास्क लगाइरहनुुहुुन्छ भने यसलाई लगाउने, प्रयोग गर्ने र डिस्पोज गर्ने विधिबारे राम्रोसँग जानकार हुुनुुपर्दछ। 

कसरी प्रयोग गर्ने मास्क ?

  • मास्क लगाउनुुभन्दा पहिले हातलाई साबुुनपानी वा सेनिटाजरले राम्ररी सफा गर्नुुपर्दछ। 
  • मास्क लगाउँदा मुुख र नाक पूरै छोपिने गरी लगाउनुुपर्दछ। मुुख र नाकबीच कुुनै खाली ठाउँ हुुनु हुँदैन। 
  • मास्क लगाउँदा वा खोल्दा मास्कलाई छुुनुु हुँदैन। यसो गर्दा मास्कको तुुना वा डोरीबाट मात्रै लगाउने र खोल्ने गर्नुुपर्दछ।
  • मास्कलाई बेलाबेलामा बदल्दै गर्नुपर्दछ। सम्भव भएसम्म एकपटक प्रयोग गरेको मास्क फेरि प्रयोग नगर्ने। 
  • मास्क खोल्दा सधैँ पछाडि पट्टीबाट मात्रै खोल्ने गर्नुुपर्दछ। मास्क डिस्पोज गर्दा ढक्कन भएको भाडोमा मात्रै फाल्ने गर्नुुपर्दछ। – एजेन्सी     
  •