nepse down
काठमाण्डौ । माघ महिनाको जाडोजस्तै दोश्रो बजार पनि तात्ने संकेत देखिएन । बजारमा छाएको निराशा थप बढी माघ महिनाको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झिनो अंकले घटे पनि कारोबारमा भने ठूलै पहिरो गएको छ ।
अधिकांश लगानीकर्ताहरु लगानीको अन्य विकल्पतर्फ मोडिँदा पछिल्लो समेत सेयर बजारमा निराशा छाएको छ । घट्दो बजारमा डूूब्नुु भन्दा सेयर बिक्री गरेर त्यहाँको पैसा सार्वजनिक निश्कासनमा लगाउने तथा कतिपयले वाणिज्य बैंकहरुले अफर गरेका १३ प्रतिशतसम्मको ब्याजदर लिएर मुद्धतीमा राख्ने प्रवृतिले समेत बजारलाई तत्काल सुधारको बाटोतर्फ ल्याउन नसकेको हो ।
आइतबार नेप्से परिसूचक २.१४ अंकले घट्यो भने कारोबार रकम घटेर २७ करोड ५३ लाखमा खुम्चिन पुुग्यो ।
स्ट्याण्डर्ड चार्टर्डको जगजगी चलेको बजारमा यही कम्पनीका कारण वाणिज्य बैंकहरुको समूहमा झिनो बढोत्तरी देखिए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।
वाणिज्य बैंक समूह १.५९ अंकले बढ्यो भने विकास बैंक, बिमा र बित्त समूह क्रमशः ६.९६, ४४.५२ र २.९ अंकले घटे । यस्तै, होटल समूहमा ११.८४, जलविद्युतमा १७.५९ र अन्य समूहमा ०.२९ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
कारोबार रकम घटेर २७ करोड ५३ लाखमा झर्यो, यसमा साढे ४ करोड बढीको कारोबार स्ट्याण्डर्ड चार्टर्ड बैंकले मात्र गर्यो । यही कारण वाणिज्य बैंकहरुले १७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार गरे । बिमा समूहको कारोबार ६ करोडमा खुम्चियो भने विकास बैंक डेढ करोडमै चित्त बुुझाउन बाध्य भयो ।
कम्पनीगत हिसाबले स्ट्याण्डर्ड चार्टर्डको बजारमा चमकधमक देखियो । एफपीओसँगै आकर्षक बोनस समेत दिनसक्ने पूँजी वृद्धि योजना सार्वजनिक गरेको प्रभाव बजारमा देखियो । यो बैंकपछि बढी कारोबार सिद्धार्थ बैंकले २ करोड ४० लाखको गर्यो । लक्ष्मी बैंकले २ करोड २८ लाख, नेपाल लाइफले १ करोड ७२ लाख, शिखर इन्स्योरेन्सले १ करोड ६४ लाख बराबरको कारोबार गरे । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थानमा वाणिज्य बैंकको कब्जा रह्यो भने बिमा समूह २ स्थानमा खुम्चियो ।
धेरै कमाउने र गुमाउने कम्पनी
धेरै सेयर कारोबारसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले पैसा छापे । यो बैंकको सेयर मूल्य १० प्रतिशतका हाराहारीमा वृद्धि भयो । हाम्रो विकास बैंकको सेयर मूल्य साढे ७ प्रतिशतले बढ्यो।
लामो समयपछि सेयर कारोबार खुले पनि प्रभू बैंकको सेयरमूल्य बढेन । यो बैंकको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आयो । यस्तै, सहयोगी विकास बैंकले समेत ९ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमायो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago