काठमाण्डौ । तातोपानी नाका ३ साताका लागि बन्द हुने भएको छ।
चिनियाँ पक्षले बाढीले क्षति पुर्याएको सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ गतेदेखि ३ सातासम्म नाका बन्द गर्न लागेको हो। यसबारे चिनियाँ पक्षले तातोपानी भन्सार कार्यालय जानकारी गराएको छ।
तिब्बतबाट प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि मर्मत गरिने निश्चित भएको भन्सा कार्यालयले जनाएको छ। बढीमा तीन सातामा पुल मर्मत सकिने चिनियाँ पक्षले जानकारी गराएको छ।
हाल दैनिक १८ वटा कन्टेनरमार्फत नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयको भनाइ छ। पुल मर्मतका लागि नाका बन्द रहने हुँदा बाटोमा रहेका सामानहरु छिटो ल्याउन कार्यालय पहल गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19