काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको माघ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धधक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। माघमा यी ४ वटै योजनाको न्याभ घटेको छ। 

माघमा इक्विटी फन्डको न्याभ घटेर १०.५० रुपैयाँ कायम भएको छ। गत पुसमा यो योजनाको न्याभ १०.६३ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ७ करोड रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी १ अर्ब १० लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा ५ करोड १२ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा ६ करोड ८४ लाखरुपैयाँ थियो।

माघमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर १०.४७ रुपैयाँ कायम भएको छ। गत पुसमा न्याभ १०.६९ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब १० करोड रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी १ अर्ब १३ करोड रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा ४ करोड १२ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा ६ करोड ६८ लाख रुपैयाँ थियो।

यसैगरी माघमा ब्यालेन्सड् फन्ड–३ को न्याभ पनि घटेर ८.९५ रुपैयाँ कायम भएको छ। गत पुसमा न्याभ ९.०७ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ९५ करोड १४ लाख रुपैयाँ लगानी भएको छ। गत पुससम्म यस्तो लगानी ८९ करोड १ लाख रुपैयाँ थियो।

माघमा यो योजनाको कुल नाफा ४ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत पुसमा कुल नाफा ६ करोड १४ लाख रुपैयाँ थियो।

माघमा फ्लेक्सी क्याप फन्डको न्याभ घटेर ९.९१ रुपैयाँ कायम भएको छ। गत पुसमा न्याभ ९.९५ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत माघसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल २१ करोड ९२ लाख रुपैयाँ लगानी भएको छ। गत पुस कुल लगानी ११ करोड ११ लाख रुपैयाँ थियो। 

माघमा यो योजनाको कुल नोक्सानी ४० लाख ७२ हजार रुपैयाँ रहेको छ। गत पुसमा यो योजनाको कुल नोक्सानी २२ लाख ५८ हजार रुपैयाँ रहेको थियो।