काठमाण्डौ । आगामी साताको आइतबारदेखि धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट २ कार्यदिन (टीप्लस टु) हुँदैछ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले राफसाफ चक्र ३ कार्यदिनलाई घटाएर २ कार्यदिन बनाउने व्यवस्था लागू गरेको हो। अब माघ ११ गतेबाट हुने कारोबारको राफसाफ तथा फर्छ्यौट संशोधित विनियमावलीअनुसार कारोबार भएको दिन बाहेक २ कार्य दिन (टीप्लस टु) मा हुने व्यवस्था गरिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए।
संशोधित विनियमावलीअनुसार राफसाफ तथा फर्छ्यौट गर्नका लागि सम्बन्धित सरोकारवालाहरूले जिम्मेवारी यसरी तोकिएको छ।
लगानीकर्ताले गर्नुपर्नेः
१. धितोपत्रको विक्री कारोबार गर्ने लगानीकर्ताले आफूले विक्रि गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौटका लागि ईआईडीएस जारी गर्दा टीप्लस १ अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्ने। ईआईडीएस जारी गर्न नसक्ने लगानीकर्ताले टीप्लस १ भित्र भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउने।
२. धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई टीप्लस १ अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउने।
राफसाफ सदस्यले गर्नुपर्नेः
१. धितोपत्रको विक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको पूँजीगत लाभकर गणनाका लागि आवश्यक डब्ल्यूएसीसी सम्बन्धी विवरण विक्रीकर्ता लगानीकर्ता बाट प्राप्त गरि टीप्लस २ को बिहान ११ बजे भित्र राफसाफ तथा फर्छ्यौट प्रणाली (सीएनएस) मा प्रविष्टि गर्ने।
२. धितोपत्रको विक्री कारोवार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको राफसाफ तथा फर्छ्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरि कुनै विक्री कर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा टीप्लस २ को मध्यान्न १२ बजे भित्र सो विक्रिकर्ताको विक्री कारोबारको स्टोरेज मार्क गरिसक्ने।
३ . धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री तथा खरिद कारोबारको गणना गरि सो को नेटिङ्ग पश्चात् हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा टीप्लस २ को मध्यान्न १२ बजे भित्र आफ्नो राफसाफ बैकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्ने।
४. धितोपत्रको खरिद कारोवार गर्ने राफसाफ सदस्यले राफसाफ भैसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा टीप्लस २ मा राफसाफ तथा फर्छ्यौट सम्पन्न भए पश्चात् यथाशीघ्र राफसाफ तथा फर्छ्यौट प्रणाली (सीएनएस) मार्फत हस्तान्तरण गर्ने।
निक्षेप सदस्यले गर्नुपर्नेः
१. निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो शेयर मार्फत् प्राप्त ईडीआईएस को फाईल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा (सीडीएएस) अपलोड गरि सोको कारोबार सफल भएको यकिन गरि मेरो शेयरमा सो ईडीआईएस फाईल प्रोसेस गर्ने।
२. ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पूर्जी तत्काल प्रणालीमा प्रविष्टि गरि सो को जानकारी सम्बन्धित लगानीकर्तालाई प्रदान गर्ने।
राफसाफ बैंकले गर्नुपर्नेः
१. हरेक दिन राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेविट वा क्रेडिट गरि सो को जानकारी प्रणालीमा प्रविष्टि गर्ने।
परिमार्जित चक्रअनुसार धितोपत्रको राफसाफ तथा फर्छ्यौट कार्य निर्धारित समयावधिभित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले आ-आफ्नो दायित्व पूरा गरी राफसाफ प्रक्रिया सम्पन्न गर्न सीडीएससीले गरेको छ। धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र छोटिएसंगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजीबजार थप चलायमान हुने र सोबाट लगानीकर्ताहरु थप लाभान्वित हुने सीडीएससीले विश्वास लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago