file photo
रुपन्देही । प्रदेश नं ५ को मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले माघे संक्रान्तिकाको अवसरमा माघ १ र २ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेकोले प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
यसैगरी, बैठकले प्रदेशअन्तर्गत रहेको लुम्बिनी अञ्चल अस्पतालहरुको नामाकरण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ ।
सो प्रस्ताव पारित भएपछि बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल बुटवल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रहनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago