काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले १ लाख ९७ हजार ७ सय १७ कित्ता संस्थापक सेयरको लिलामी आगामी माघ २१ गतेदेखि खुलाउने भएको छ। 

यो कम्पनीले केही समयअघि १०५ प्रतिशत हकप्रद निश्कासन गरेको थियो । सो क्रममा नबिकेको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । 

इच्छुकले माघ २८ गतेभित्र सेयर खरीदका लागि शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

लिलामी प्रक्रियाको व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

सिद्धार्थ बैंकका शाखा तथा सिद्धार्थ क्यापिटलबाट इच्छुकले बोलपत्र पेश गर्न सक्नेछन् ।

यो बिमा कम्पनीले लगानीकर्तालाई न्यूनतम १०० कित्ताका लागि न्यूनतम दर प्रतिकित्ता रु. १०० राखेर शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी १३ करोड ३६ लाख रहेको छ । १०५ प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर २७ करोड ३९ लाखको उचाईमा पुग्नेछ । 

यो कम्पनीले यसपछि पुनः ३०० प्रतिशत हकप्रद निश्कासनको योजना बनाएको छ । यो हकप्रद समेत निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब माथि पुग्नेछ ।