काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै खोपको तथ्यांक डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न पनि निर्देशन दिएको छ। २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी यस्तो निर्देशन दिएको छ।
सूचनामा स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहले यही माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्यांक उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19