काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले माण्डु हाइड्रोपावर लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।
माण्डु हाइड्रोपावरले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ। योे आयोजनाले २०७५ चैत १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ।
कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेको छ।
कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्ने सम्झौता गरेको हो। सम्झौतामा माण्डु हाइड्रोपावरका तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटला तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
यसैगरी प्रभु क्यापिटलले माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्धकमा गर्ने भएको छ। कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकास्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। आयोजनाको क्षमता ३ मेगावाट रहेको छ। आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन सुरु गरिसकेको छ।
कम्पनीले आफ्नो सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नका लागि एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्ने सम्झौता गरेको हो। सम्झौतामा माईखोला हाइड्रोपावरका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
यस्तै आजै प्रभु क्यापिटल र ट्रेड टावर लिमिटेडबीच एक सम्झौता भई ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ। कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९८० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19