काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भर्ने आज असोज २२ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गते असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। 

कम्पनीले १०० अंकित दरका कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। 

सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्म यो आईपीओमा ९ लाख ५७ हजार ७१६ आवेदकबाट १ करोड ७ लाख ६८ हजार १६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.३८ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। 

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।