१. भर्खर जन्मेको बच्चाका ३ सय वटा हड्डी हुन्छन् । उमेर बढ्दै जाँदा केही हड्डी आपसमा मिल्छन् । वयस्क हुँदासम्म मानिसमा २ सय ६ वटा हड्डी हुन्छन् । 
२. १० हजारजनामा १ जनाको आन्तरिक अंग सामान्यभन्दा उल्टो हुन्छ । 
३. मानिसको तौलको १० प्रतिशत भाग ब्याक्टेरियाको हुन्छ । 
४. १० प्रतिशत पुरुष र ८ प्रतिशत महिला बाँया हातवाला हुन्छन् । 
५. मानिसको टाउकोको कपाल हरेक दिन ८० वटा झर्छन् । 
६. दिमागमा ८० प्रतिशत पानी हुन्छ । 
७. मधुमेहका कारण विश्वमा हरेक मिनेट ६ जनाको मृत्यु हुनेगर्छ । हरेक वर्ष ३२ लाख मानिसको मृत्यु मधुमेह र यससम्बन्धी कारणहरुले हुनेगर्छ । 
८. जम्मा बडी फ्याटको महिलामा ४० प्रतिशत र पुरुषमा ३५ प्रतिशत नपुगेसम्म बडीफ्याट स्वास्थ्यका लागि हानिकारक हुँदैंन । 
९. ब्रेकफास्टले दिनभरमा ५ प्रतिशतदेखि २० प्रतिशत क्यालोरी बर्न गर्न सहयोग गर्छ । 
१०. राता रक्तकोष २० सेकेण्डभर शरीरका सबै भागमा फैलन सक्छ । 
११. बच्चा जन्मदाँ घुँडाको बाहिरी हड्डी हुँदैंन । २ देखि ६ वर्षको बीचमा बल्ल यो विकसित हुन्छ । 
१२. बच्चाको टाउको कुल उचाईको एकतिहाई हुन्छ, तर २५ वर्षको उमेरमा कुल उचाईको ८ भागको एक भाग हुन्छ । 
१३. रगतको एउटा थोपामा २५ करोड कोष हुन्छन् । 
१४. गर्भको शिशु ३ महिनाको हुँदा हातका पन्जा विकसित हुन्छन् । 
१५. मुत्राशयको आकार लगभग एउटा सफ्ट बलबराबर हुन्छ । 
१६. कपालको रौं दिनको ०.३ देखि ०.५ मिलिमिटर बढ्छ, जुन महिनामा १ सेमिदेखि १.५ सेमि र वर्षमा १२ देखि १५ सेमि हुन्छ । 
१७. कडा काम गर्ने एक वयस्कले दैनिक ४ ग्यालेन (१ ग्यालेन बराबर ३.७ लिटर) पसिना निकाल्छ । १८. स्वस्थ कलेजोले दैनिक ७ सय २० लिटर रगत प्रशोधन गर्छ । 
१९. मानिसको शरीरमा तातो महसुस गर्ने २ लाख अंग हुन्छन् । 
२०. मानिसको शरीरमा छुँदाखेरि महसुस गर्ने ५ हजार अंग हुन्छन् । 
२१. शिर काटिएको २० सेकेन्डसम्म मानिसको शरीर चेतनशिल हुन्छ । 
२२. डायफ्रागम नामको मांसपेशीले मानव श्वासप्रश्वास प्रक्रिया नियन्त्रण गर्छ । 
२३. भर्खर जन्मिएको बच्चाले जन्मनुअघि भएको स्नायुकोषको आधा भाग गुमाउँछ । 
२४. भर्खर जन्मिएको बच्चाको २६ अर्ब कोष हुन्छन् । 
२५. नवजात शिशुको दिमाग एक वर्षमै ३ गुणा चाँडो वृद्धि हुन्छ । 
२६. दुईवटा खुट्टामा ५ लाख वटा पसिना ग्रन्थी हुन्छन्, जसले एक दिनमा एक पिन्ट पसिना उत्पादन गर्छन् । 
२७. एक व्यक्तिले जीवनभरमा श्वासमार्फत्४५ पाउन्ड धुलो लिन्छन् । 
२८.मानिस एक महिनासम्म खानाविना बाँच्न सक्छ तर, पानीविना एक सातामात्र बाँच्न सक्छ । 
२९. मानिस कति अग्लो, कति पुड्को भन्ने कुरा उसको जिनमात्र नभई ग्रोथ हर्मोनमा पनि भर पर्छ । 
३०. खाना नखाएको भन्दा नसुतेको मानिस चाँडो मर्ने सम्भावना हुन्छ । 
३१. कपालको एउटा रौंले १ सय ग्रामसम्मको तौल धान्न सक्छ भने कपालको पूरै रौंले १२ टनसम्म धान्न सक्छ । 
३२. छोरा जन्मन मानिसको शुक्रकिटमा ३७.५ एमबि पुरुष डिएनए चाहिन्छ । 
३३. मानिसको हाँच्छ्युँको गति १६६ किलोमिटर प्रतिघण्टा हुन्छ भने खोकी १ सय किलोमिटर प्रतिघण्टाको हुन्छ । 
३४. एक वर्गइन्च छालामा १३०० स्नायुकोष हुन्छन् । 
३५. पुरुषको भन्दा महिलाको मुटु छिटो धड्कन्छ । 
३६. एउटा पिनमा १० हजार मानवकोष अटाउन सक्छन् । 
३७. एकजना वयस्क पुरुषको वीर्यमा ५ करोड शुक्रकिट हुन्छन् । 
३८. विश्वका एकतिहाई मानिसमा २०–२० भिजन हुन्छ । 
३९. मरिसकेपछि मानिसको शरीर सुख्खा हुन्छ र नङ र कपाल पनि दिनहुँ बढिरहेको भ्रम सिर्जना हुन्छ । 
४०. धेरै खाने मानिसको सुन्ने क्षमता कम हुन्छ । 
४१. रगत हरेक मिर्गौलाबाट ४ सय पटक वारपार हुन्छ । 
४२. अमेरिकीहरु दिनहुँ १८ एकड पिज्जा खान्छन् । 
४३. एक वयस्क मानिसमा करिब ७००००००००००००००००००००००००००० (७ अक्टालियन) एटम हुन्छन् । 
४४. एक वयस्क पुरुषको दिमागको तौल १३७५ ग्राम हुन्छ । 
४५. एउटा केशिका (क्यापिलरी) १ मिलिमिटरको हुन्छ । 
४६. मानिसको शरीरमा ७ वटा साबुन बनाउन मिल्ने बोसो हुन्छ । 
४७. एक मानिसले आफ्नो जीवनकालमा १६ हजार ग्यालेन पानी पिउँछ । 
४८. एक मानिसले वर्षमा सरदर १४६० वटा सपना देख्छ भने एक रातमा ४ वटा सपना देख्छ । 
४९. एक मानिस दिनमा करिब १५ पटक हाँस्छ । 
५०. दिमागको क्षतिग्रस्त कोष पूर्ण रुपमा मर्मत हुन सक्दैन ।

-Agency/Swasthyakhabar