काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि सोमबारबाट कारोबारमा आउने भएको छ।
मानुषी लघुवित्तको आईपीओ आज (आइतबार) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ।
नेप्सेमा मानुषी लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सूचीकृत भएको छ। जसमध्ये सर्वसाधारणको ३ लाख ९३ हजार ७५० कित्ता र संस्थापकको ७ लाख कित्ता रहेका छन्।
नेप्सेले मानुषी लघुवित्तलाई ‘एमएलबीएस’ कारोबार संकेत प्रदान गरेको छ। त्यस्तै पहिलो कारोबारका लागि न्यूनतम १३२.६९ देखि अधिकतम ३९८.०७ ओपनिङ रेन्ज तोकिएको छ।
यदि भोलि स्पेसल प्रिओपन सेसनमा मानुषी लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुला हुनेछ।
मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। गत भदौ ७ गते यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago