काठमाण्डौ । स्थानीय तहको निर्वाचन हुने सुनिश्चिततासँगै सेयर बजारमा आज चमक देखिएको छ।
आजदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढेको छ। योसँगै निर्वाचन हुने सुनिश्चितताले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।
कारोबार दोस्रो घन्टासम्म नेप्से परिसूचक ४९.४६ अंकले उकालो लागेर २३७४.९० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.०७ अंकले बढेर ४५३.२१ को विन्दुमा पुगेको छ। अहिलेसम्म २२६ कम्पनीका २० लाख १५ हजार ६४८ कित्ता सेयर ८६ करोड ५ लाख ९१ हजार ६४३ रुपैयाँमा किनबेच भएका छन्।
यो अवधिमा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा हरियाली छाएको छ। वित्त समूह सर्वाधिक ३.७४ प्रतिशतले उकालो लागेको छ।
अहिलेसम्म सर्वाधिक कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर रहेको छ। यो कम्पनीको ४ करोड ८६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ।
कारोबार दोस्रो घन्टासम्म ग्रीन भन्चर्सको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरभाउ १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
त्यस्तै सर्वाधिक गुमाउने नेष्डो समृद्ध लघुवित्त छ। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19