काठमाण्डौ । आज कारोबार खुलेको एक घन्टामा सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ।
बजार खुलेको ५ मिनेटसम्म उकालो लागेको नेप्से परिसूचक फेरि ओरालो लागेको थियो। त्यसपछि बजारमा तीव्र उतारचढाव देखिएको थियो।
यो समाचार पार्दासम्म नेप्से परिसूचक ९.३० अंकले बढेर २४३०.२६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८९ अंकले बढेर ४६२.७७ को विन्दुमा पुगेको छ।
अहिलेसम्म २१३ कम्पनीका १८ लाख ४० हजार ५४५ कित्ता सेयर ७८ करोड १७ लाख ४६ हजार ६१५ रुपैयाँमा किनबेच भएका छन्।
नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटा समूहमा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। व्यापार समूह सर्वाधिक २.०१ प्रतिशतले उकालो लागेको छ।
यतिबेलासम्म नेसनल हाइड्रोपावरको सेयरभाउ सर्वाधिक ७ प्रतिशत बढीले उकालो लागेको छ भने मैलुङखोला जलविद्युतको सेयरभाउ सर्वाधिक ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
उच्च कारोबार गर्नेमा भने अरुण भ्याली हाइड्रोपावर रहेको छ। यो एक घन्टाको अवधिमा यो कम्पनीको ४ करोड २ लाख रुपैयाँ बढीको सेयर कारोबार भइसकेको छ।
तोकिएको मितिमै चुनाव हुने सुनिश्चिता, ब्रोकरबाट मार्जिन लोनको व्यवस्था गर्ने तयारीजस्ता कारणले लगानीकर्ताको मनोबल बढेको छ। यही कारणले बजारमा सुधार देखिएको जानकारहरु बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19