काठमाण्डौ । सेयर बजार बुधबार २००० माथि उक्लिएको छ।
यो समाचार तयार पार्दा (१२ः०८ बजे)सम्म बजार ३८.०५ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २०००.७५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.९३ अंकले बढेर ३६८.०८ को विन्दुमा पुगेको छ। कारोबार रकम झन्डै ६० करोड रुपैयाँको भएको छ।
अहिलेसम्म नेप्से उपमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ। म्युचुअल फन्ड समूहमात्रै ओरालो लागेको छ। अन्य समूह सर्वाधिक ४.२१ प्रतिशतले उकालो लागेको छ।
यो बेलासम्म नेसनल हाइड्रोपावरको सर्वाधिक २ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आँधिखोला लघुवित्तको सेयरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। सामुदायिक लघुवित्तको सेयरमूल्य ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19