काठमाण्डौ । सोमबार बजारमा तीव्र उतारचढाव भइरहेको छ । कारोबार सुरु भएलगत्तै उछालको गतिमा दौडिएको बजार घट्दै निकै तल पुगेर दिउँसो १ बजेदेखि पुनः बढ्न थालेको हो ।
दिउँसो १ बजेर ७ मिनेट जाँदासम्म नेप्से परिसूचक ३.३७ अंकले बढेको छ भने कारोबार रकम निकै माथि रहेको छ । बजार बन्द हुन २ घण्टा बाँकी छँदा कारोबार रकम ८० करोड माथि पुगिसकेको छ । पूरा कारोबार अवधिको आधा समय गुज्रिदा ८० करोडको कारोबार भएबाट आज बजार बन्द हुँदासम्म साढे १ अर्ब भन्दा बढीको कारोबार हुने अवस्था देखिएको छ ।
यो समाचार तयार पार्दासम्म बैंकिंग समूह, बिमा, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह उकालोतर्फको यात्रामा छन् भने अन्य समूहको सूचकमा रातो पोतिएको छ ।
लोभलाग्दो प्रगति विवरण पस्किएको नेपाल बैंकले सबैभन्दा बढी ६ करोड १० लाख बढीको कारोबार गरिसकेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago